ताजा समाचार

असाेज २४ गते २०७६

पेट्रोलियम खपत तीन गुणाले वृद्धि

पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ ।

नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ । 

नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१-७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५-७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ । जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ ।
 
निगमको यो तथ्याङ्कलाई आधार मान्दा पछिल्ला पाँच आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ ।

निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै भएको देखिन्छ । आव २०७१-७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५-७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर पुगेको छ ।


Loading...