ताजा समाचार

असाेज २४ गते २०७६

भेट्टाएको चेक बैंकमा साँट्न जाँदा…(सिसिटिभि फुटेजसहित)

हामीले नैतिकताको पाठ धेरै सिक्छौं र सिकाउँछौं तर व्यवहारमा लागू गर्ने गर्दैनौं । नैतिकता मानिसको सबैभन्दा ठूलो धन पनि हो ।

सीमित व्यक्तिमात्र इमान्दार बन्छन् र नैतिकता प्रदर्शन गर्छनु । तर पोखरामा यस्तो एउटा घटना घटेको छ ।

एक व्यापारीको चेक गैरापाटन आसपासमा खसेको हुन्छ । चेक भेट्टाउने व्यक्ति बेइमान बनिदिन्छ र तुरुन्त बैंकमा गएर साटिदिन्छन् । चेक राष्ट्रिय वाणिज्य बैंकको थियो ।

‘चेक रकम ठूलो होइन तर नैतिकताको प्रश्न यहाँ उठाउन खोजिएको हो’, चेक हराउने व्यापारीले भन्छन् ।

ती व्यक्तिलाई भेट्टाएर नैतिकताको पाठ सिकाउने आफ्नो चाहना भएको उनले बताए । ती व्यक्ति पत्ता लगाउनेलाई उनले उचित पुरस्कार समेत दिने घोषणा गरेका छन् ।

बैंकबाट सिसिटिभि फुटेज लिएर उनले प्रहरीमा समेत निवेदन दिएका छन् । चेक साट्ने व्यक्तिले चेकको पछाडि लेखिदिएको नम्बर समेत गलत छ ।

चेक साट्नेक्रममा उनी निकै डराएको र हतास मनस्थितिमा रहेको सिसिटिभि फुटेजले देखाउँछ ।

यस्तो छ सिसिटिभि फुटेज


Loading...