ताजा समाचार

असाेज २४ गते २०७६

आज सार्वजनिक बिदा (यस्तो छ कारण)

संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।

चिनियाँ राष्ट्रपति सी शनिबार  राजकीय भ्रमणका लागि नेपाल आएर छलफलमा व्यस्त छन् । उनी आज दिउँसो १ बजे स्वदेश फर्कँदै छन् ।


Loading...