ब्राजिलको शहरमा विमान दुर्घटना हुदा ३ जनाको मृत्यु

ब्राजिलको बेलो हरिजोन्ट शहरमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

सानो आकारको सो विमानको इन्जिनमा समस्या आएपछि दुर्घटना भएको अनुमान छ । आवासीय क्षेत्रको सडकमा हवाई जहाज खस्दा गुडिरहेका तीनवटा गाडीहरुमा पनि क्षति पुगेको छ । जमिनमा खसेपछि विमानमा आगो लागेको थियो ।

सो हवाइजहाजमा एक चालक र तीन यात्रु थिए । दुर्घटनामा हवाई जहाजका एक, कारका एक र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानमा सवार तीन र कारमा सवार एक यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालले बताएको छ।

इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुई वटा विमान दुर्घटना भइसकेका छन् ।