डोजरले आक्रमण गर्ने चालक पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दालाई डोजरले आक्रमण गर्ने चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरको बकेटमार्फत आक्रमण गरेको भिडियो सार्वजनिक भएपछि केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले डोजर चालकलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

डोजर आक्रमणबाट घाइते भएका आठ जनामध्ये स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते रहेको स्थानीय हेमराज जोशीले बताएका छन् । चालक बोहरालाई ज्यानमार्ने उद्योगमा कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।