मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय किशोरीका बाबुविरुद्ध मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले पक्राउ गरेको हो ।
किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान सुरु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।






