विप्लवबाट कुटिए नेकपाका कार्यकर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि आक्रमण गरेको छ ।

बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको हो।

आक्रमणमा परी प्रदेशसदस्य सिंहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए। चन्द कार्यकर्ताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ।

विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ ।प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ।