नेपाली युवाहरु माझँ लोकप्रिय बन्दै गएका र्यापर समिर घिसिङ(भिटेन)पक्राउ परेका छन्।। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।
उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
यसअघि मंगलबार गायक दुर्गेश थापा पनि पक्रउ परेका थिए ।






