मुख्य समाचार

मङ्गलबार नेपाल संवतको नयाँ वर्ष

नेवार समुदायले आफ्नो मौलिक संवतको नयाँ वर्ष ११४० (न्हूँः दँयाः भिन्तुना) मङ्गलबार धूमधामसाथ मनाउने भएका छन् । नेपालमा मात्र नभएर देश विदेशका नेवार समुदायले पनि यस पर्वलाई मनाउने गर्छन् । म्ह पूजा, कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा)को दिन नेपाल संवत् मनाउने गरिन्छ । नेपालमा भने काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखा, पाल्पा, चित्लाङ, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायतका स्थानमा भव्य कार्यक्रम गरी नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन नेवारी… पुरा पढौ

मेयर रेणु दाहाल : राति पनि भनिन्, गरिन् ३०० मानिसको उद्धार

चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा शनिवार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको हो । यो घोषणासँगै भरतपुर नेपालकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बन्ने छ । सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श… पुरा पढौ

बजारमा नक्कली चुरोटको बिगबिगी, सचेत बनौं

सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ। नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ। तस्करले खुला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकिया (अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री गरिरहेका छन्। नेपाली बजारलाई लक्ष्य गरी निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा… पुरा पढौ

महराको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, अब के हुन्छ ?

प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास आरोपको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। महराविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।  २० दिन लगाएर तयार पारेको राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको उनले बताए । प्रतिवेदन प्रहरी परिसर काठमाडौले बुझाएको हो । महरालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास… पुरा पढौ

कांग्रेसले छान्यो उम्मेदवार

नेपाली कांग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका-१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–१६ ठूलोगढी र खैरहनी नगरपालिकाको पर्सामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरिएको हो । कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी,… पुरा पढौ

चुनावमा एकतावद्ध हुन नेता अधिकारीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सहइन्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न निर्देशन दिएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ पार्टी कमिटीद्धारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले २ ठूला कम्युनिष्ट पार्टी एक भईसकेपछि हुन लागेको यो पहिलो चुनावमा एकताको राम्रो सन्देश जानुपर्ने बताए । कार्यकर्ता र सिद्धान्तको आधारमा पार्टी एकता भएको उल्लेख गर्दै उनले एकताको औचित्यलाई… पुरा पढौ

स्वतन्त्र निर्वाचन पर्यवेक्षण समिति गठन, संयोजकमा पौडेल

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि नागरिक अभियन्ताहरुको भेलाले स्वतन्त्र निर्वाचन पर्यवेक्षण समिति गठन गरेको छ । पोखरामा शुक्रबार सम्पन्न सो भेलाले नागरिक समाज पोखरा तथा स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालका संस्थापक रामबहादुर पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा शशी तुलाचन, विष्णुहरि अधिकारी, इन्द्रकमल मानन्धर, विन्ध्येश्वरी बराल, शिवप्रसाद बास्तोला, अधिवक्ता रमेशप्रसाद शर्मा, कमलप्रसाद न्यौपाने र हरिश्चन्द्र अधिकारी छन् । भेलाले वरिष्ठ अधिवक्ता तिलक पराजुली… पुरा पढौ

कास्की-२ मा विद्या सर्वसम्मत उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले कास्की–२ को उम्मेदवार टुंगो लगाएको छ । पार्टीले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टीको जिल्ला कमिटी बैठकले विद्यालाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्य समेत रहेका थापाले भने ‘सर्वसम्मत रुपमा सबै साथीहरूले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो,… पुरा पढौ

तेजाब आक्रमणमा परेकी मुस्कानको प्रधानमन्त्रीलाई चिठी

प्रेम प्रस्ताब अस्विकार गरेको निहुमा डेढ महिनाअघि तेजाब आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले उक्त चिठी मार्फत् आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन्।तेजाब आक्रमणबाट उनको जीउको दाहिने भाग पूरै जलेको थियो अहिले उनको स्वास्थ्य सुधार हुँदै आएको छ। मुस्कानले प्रधानमन्त्रीलाई लेखेको चिठी यस्तो छः मिति २०७६/७/५ माननीय प्रधानमन्त्रीज्यू, म मुस्कान खातुन अन्सारी,… पुरा पढौ

‘आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता भएको छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रशासनिक काम सम्हालेका कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारेका छन् । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको पनि बताएका छन् ।उनले दुुवै पार्टी अलग–अलग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं