आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि नागरिक अभियन्ताहरुको भेलाले स्वतन्त्र निर्वाचन पर्यवेक्षण समिति गठन गरेको छ ।
पोखरामा शुक्रबार सम्पन्न सो भेलाले नागरिक समाज पोखरा तथा स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालका संस्थापक रामबहादुर पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
समितिका सदस्यमा शशी तुलाचन, विष्णुहरि अधिकारी, इन्द्रकमल मानन्धर, विन्ध्येश्वरी बराल, शिवप्रसाद बास्तोला, अधिवक्ता रमेशप्रसाद शर्मा, कमलप्रसाद न्यौपाने र हरिश्चन्द्र अधिकारी छन् ।
भेलाले वरिष्ठ अधिवक्ता तिलक पराजुली र अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई सल्लाहकार मनोनीत गरेको जनाइएको छ ।






