नेवार समुदायले आफ्नो मौलिक संवतको नयाँ वर्ष ११४० (न्हूँः दँयाः भिन्तुना) मङ्गलबार धूमधामसाथ मनाउने भएका छन् ।
नेपालमा मात्र नभएर देश विदेशका नेवार समुदायले पनि यस पर्वलाई मनाउने गर्छन् । म्ह पूजा, कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा)को दिन नेपाल संवत् मनाउने गरिन्छ ।
नेपालमा भने काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखा, पाल्पा, चित्लाङ, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायतका स्थानमा भव्य कार्यक्रम गरी नयाँ वर्ष मनाउने गरिन्छ ।
यस दिन नेवारी परम्परा र संस्कृति झल्कने भेषभूषा, बाजागाजा, नाचगान, भाषा, लिपि, खानपान आदिको संरक्षण एवं सम्बर्धनका कार्यक्रम गरिन्छ ।






