मुख्य समाचार

२ करोड ७० लाख रुपैयाँसहित २५ जना जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको  महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालमा छापा हानेको छ। शनिवार काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति छापा हानी रु दुई करोड ६७ लाख नगद र ३ लाखको चेक सहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ।  प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक उत्तमसुवेदीका अनुसार जुवा खालबाट २५ जना पक्राउ परेका छ्न्। उनले भने, ' जुवाडेहरुबाट नगद २ करोड ६७ लाख… पुरा पढौ

प्रम ओलीको व्यंग्य : उहाँ (प्रचण्ड) काठमाडौं र म बाकुमा हुँदा टाढा भइयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको हो भन्ने प्रश्न सोधिएको थियो । जवाफमा… पुरा पढौ

उपनिर्वाचन : को-को भए उम्मेदवार ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ३ स्थानीय तहमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गरेको छ । सो पार्टीले जिल्लाको भरतपुर महानगर–१६ र खैरहनी नगरपालिका ४ र ५ मा हुने वडाअध्यक्षको उपनिर्वाचनका लागि उम्मेद्वार चयन गरेको हो । सो पार्टीले आज एक विज्ञप्ति जारी गरी भरतपुर– १६ मा भक्तराज हमाल, खैरहनी ४ र ५ मा क्रमशः वेदबहादुर अधिकारी र पुननारायण प्रधानलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो । पार्टीले एक… पुरा पढौ

पत्रकार सन्दिप योगीमाथि सांघातिक आक्रमण, आक्रमणकारी फरार

पत्रकार सन्दिप योगीलाई बाँकेको चौलिक्का भन्ने ठाउँमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नजिक १०-१२ जनाको समुहले आक्रमण गरेका छन । आक्रमणकारीको प्रहरीले खोजी गरिरहेको छ । करीब ७ बजेको समयमा लिफ्ट माग्ने बहानामा मोटरसाइकल रोकि आक्रमण गरेका हुन्। आक्रमण गरि आक्रमणकारीहरु त्यहाँबाट फरार भएका थिए । लिफ्ट माग्ने बहानामा पत्रकार योगीमाथी आक्रमण गरेका थिए उनलाई सामान्य चोट लागेको छ भने प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।  घटनामा भन्सार कार्यालयका नायव सुब्बा दिपेन्द्र धामिले आक्रमण गर्न… पुरा पढौ

प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व तिहार : प्रम ओली

धानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन्। यमपञ्चक (तिहार) अर्थात् दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको बताए। प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “तिहार प्रकृतिसँग र पशुपक्षीसँग मिलेको छ, काग, कुकुर, लक्ष्मी (गाई) र गोरुको पूजा गरिन्छ, त्यसैले प्रकृतिका विभिन्न पक्षबीचको सन्तुलनसमेत यस… पुरा पढौ

कास्की-२ : ‘नेकपाले राम्रो सन्देश दियो, कांग्रेस भिरबाट लडेको मान्छे’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले कास्की–२ को उपनिर्वाचनका लागि एकल उम्मेदवार प्रस्तुत गरेर पार्टीले राम्रो सन्देश दिएको बताएका छन् । उनीहरूले भनेका छन्, ‘१६ जना उम्मेदवार सिफारिस गर्ने नेपाली कांग्रेस पार्टीका लागि यो चुनौती हो ।’ कास्की–२ को सन्देश देशैभर पुर्याउन आवश्यक रहेको भन्दै उनीहरूले यसले उम्मेदवारलाई जिताउन पनि सहज हुने दावी गरेका छन् । साथै उनीहरूले यस्तो अवस्थामा पनि पार्टीका नेता कार्यकर्ता दायावाया नगरि एकतावद्ध भएर आफ्ना उम्मेदवारलाई… पुरा पढौ

आलम प्रकरण : कहाँ पुग्यो अनुसन्धान ?

बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस संसद एवम् पूर्वमन्त्री महोम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ । घटनासँग जोडिएका धेरै पात्र फेला परेको प्रहरीले जनाएको छ । १२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ… पुरा पढौ

देउवाको गृह जिल्लामा गुटबन्दीबिरुद्ध यस्तो अभियान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला चरम गुटबन्दी मौलाई रहेको वेला डडेल्धुरा कांग्रेसमा पार्टी सुदृढिकरण अभियानको थालनी भएको छ ।  केही नेता तथा कार्यकर्ताको पहलमा  गुटबन्दीको अन्त्य गरौं भन्ने नाराका साथ पार्टीको आन्तरिक राजनीतिलाई सभ्य र संस्थागत बनाउन सुदृढिकरण अभियान गरिएको आयोजक नेपाली कांग्रेस पार्टी सुदृढिकरण अभियानले जनाएको छ । केही नेता तथा कार्यकर्ताको पहलमा  गुटबन्दीको अन्त्य गरौं भन्ने नाराका साथ पार्टीको आन्तरिक राजनीतिलाई सभ्य र संस्थागत बनाउन सुदृढिकरण… पुरा पढौ

राप्रपा संयुक्तको जिल्ला समिति नै काँग्रेसमा प्रवेश

राप्रपा संयुक्तको जिल्ला कार्यसमिति नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । यो समाचार ओखलढुंगा जिल्लाको हो । शनिवार ओखलढुंगामा चिसंखुगढी गाउँपालिकामा आयोजित प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी सहित जिल्ला कार्यसमित नेपाली काँग्रेसमा प्रवेश गरेको हो । ओखलढुंगामा अब राप्रपा संयुक्तको कुनै कमिटि नरहेको घोषणा समेत गरिएको छ ।  काँग्रेसमा प्रवेश गर्नेहरुले लोकतन्त्रको मूलधारमा आउन पाउँदा खुसी लागेको बताएका थिए । नेपाली काँग्रेसका जिल्ला… पुरा पढौ

प्रहरीको कुटाईबाट अस्पतालका २ कर्मचारी घाइते

प्रहरीको निर्घात कुटपिटबाट भरतपुर अस्पतालको पोस्ट मार्टम कक्षमा कार्यरत कर्मचारीको हात भाँचिएको छ । प्रहरीको कुटपिटबाट कात्तिक ७ गते बिहानको समयमा अस्पतालमा कार्यरत कर्मचारी ६० वर्षका पूर्ण विकको हात भाचिएको हो । त्यसतै उत्त अस्पतालका अर्का कर्मचारी ४९ वर्षका देव आनन्द राई घाईते भएका छन् । घाइते राईको ढाडमा नीलडाम छ भने विकको हात भाँचिएको हो । बिहीबार बिहान ६५ वर्षीया एक महिलाको पोस्ट मार्टम गर्ने क्रममा कानमा लगाएको गहना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं