मुख्य समाचार

कांग्रेसमा विवाद थप चर्कंदै

आन्तरिक मुद्दालाई लिएर कांग्रेसमा विवाद चर्कंदै गएको छ । भ्रातृ संस्था तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थापन र संस्थापनइतर पक्षीय नेताहरूको विवाद सतहमा देखिएको छ । दलको स्थापना दिवसको अवसरमा आइतबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिए भने एक पक्षको कार्यक्रममा अर्को पक्षका नेताहरू सहभागी भएनन् । दलका अध्यक्ष जितजंग बस्नेतले पार्टी केन्द्रीय कार्यालय सानेपामा र महासचिवबाट निष्कासित भूपेन्द्रजंग शाहीले सामाखुसीको एक पार्टी प्यालेसमा एउटै समयमा चियापान राखेका थिए ।… पुरा पढौ

सिस्नुपानीको देउसी भैलोमा ‘महरा’ र ‘लहरा’

सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यङ्ग्य गर्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाण्डौको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यङ्ग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो । आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भीआईपी अरु पनि कति महराहरु होलान् भनी व्यङ्ग्य कसिएको छ… पुरा पढौ

राजपाको महाधिवेशन अब कहिले ?

राष्ट्रिय जनता पार्टी(राजपा)को महाधिवेशन फेरि पनि सर्ने भएको छ। तल्लो तहका कमिटीको अधिवेशनमा भएको ढिलाइ र महाधिवेशनका लागि तयारी नपुगेकाले तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टर्दै गएको राजपाका महासचिव केशव झाले सेतोपाटीलाई बताए। यसअघि वैशाखमा हुने भनिएको महाधिवशेन कात्तिक २८,२९ र ३० गतेका लागि तय भएको थियो। महाधिवशेन हुन नसके पनि राजपाको वडा,पालिका,क्षेत्रीय र जिल्ला अधिवेशनहरू भने हुने भएका छन्। २४ गते वडा सम्मेलन,२७ गते पालिका सम्मेलन,२८ गते क्षेत्रीय सम्मेलन… पुरा पढौ

पात्रोको गड्वढी : म्हः पूजामा नेवार समुदाय विभाजित

 म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित भएका छन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मंगलबार भाइटीका लगाउने तयारी गरेका छन् । तर यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन मंगलबार म्हः पूजा गर्नुपर्ने निर्णय गरेको छ । हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्हः पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै… पुरा पढौ

बेजिङ पुग्यो हिमालय एयरलाइन्स

काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो ।  नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायु सेवा प्रदायक कम्पनी हिमालयले बेजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा आइतबारदेखि व्यावसायिक उडान शुरु गरेको छ । यसअघि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले चीनको साङ्घाई र ल्हासा सहरमा उडान गरेको भए… पुरा पढौ

प्रज्ञा-सिस्नुपानी देउसी : कलाकारको व्यङ्ग्यमा प्रधानमन्त्रीको जवाफ (जस्ताको तस्तै)

प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्नोपानी नेपालका हास्य कलाकारहरुको व्यंग्यात्मक देउसी सुनिसकेपछि केही असन्तोष प्रकट गरेका छन् । कलाकारले गरेका केही व्यंग्यको जवाफ प्रधानमन्त्री ओलीले मञ्चबाटै फर्काएका छन् । दुई तिहाईको सरकारले काम गर्न नसकेको भन्दै कलाकारले देउसी भट्याउँदा प्रधानमन्त्री ओली अगाडि बसेर सुनिरहेका थिए । सिस्नोपानीलाई अलिअलि बजारको हल्लाले पनि प्रभाव पारेको प्रधानमन्त्रीले आरोप लगाए । सिस्नोपानीका कलाकारहरुले देउसी भट्याउने क्रममा बालुवाटारको जग्गा भूमाफियाले चिरा पारेको, भ्रष्टाचार बढेको र प्रधानमन्त्रीले… पुरा पढौ

‘तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार कस्ले दियो ?’

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार नभएको बताएका छन् । तरुण दलको ६६ औँ स्थापना दिवसका अवसरमा सामाखुसीमा आयोजित कार्यक्रममा नेता कोइरालले तरुण दलमा विवाद स्वभाविक भएको भन्दै अध्यक्षलाई महसचिव हटाउने अधिकार नभएको बताएका हुन् ।  उनले भने, ‘तरुण दलभित्रको विवादलाई स्वभाविक रुपमा लिएको छु । किनेभने पार्टीमा नै विवाद छ भने तरुण दलमा विवाद हुँदैन भन्ने होइन । तर तरुण दलको अध्यक्षलाई महासचिव… पुरा पढौ

प्रसव पीडामा छट्पटाइरहेकी महिलाको यसरी गरियो उद्धार…

सुत्केरी हुन नसकी प्रसव पिडामा रहेकी एक महिलाको शनिवार राति उद्धार गरीएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ७ की कल्धरी वि.क.को उद्धार गरीएको हो । सात महिनाको गर्भ रहेकै अवस्थामा महिलाको अत्यधिक रक्तश्राव हुँदा  जिल्ला अस्पताल मार्तडी पुगाईएकी महिलालाई जिल्ला अस्पताल मार्तडीमा उपचारहुन नसकेपछी नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी बयालगढा अस्पताल अछाम पठाईएको हो । उनका श्रीमान नर विक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही… पुरा पढौ

आलमका भाई मोहम्मद यसरी झम्टिएपछि….

१२ वर्षअघि भएको बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा सांसद मोहम्मद अफ्ताब आलम प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान गरिरहेको प्रहरी प्रमाण जुटाउन प्रयासरत छ । तर सबैजसो प्रमाण नष्ट भइसकेपछि थालिएको अनुसन्धानले के परिणाम हात लाग्छ भन्न गाह्रो छ । किनकी प्रहरीसँग भएको सबैभन्दा ठूलो प्रमाण भनेको प्रत्यक्षदर्शी भनिएका समसुल मियाँ हुन् । उनी ओसी अख्तरका ससुरा पनि हुन्, जो त्यसबेला आलमको चुनाव प्रचारमा हिँडेका थिए… पुरा पढौ

गृहमन्त्री बादलका छोराको तत्काल डिएनए परीक्षण गर्न माग

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् । कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख प्रतिपक्ष दल काँग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले सो हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका हुन् ।  तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर आईतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं