राष्ट्रिय जनता पार्टी(राजपा)को महाधिवेशन फेरि पनि सर्ने भएको छ। तल्लो तहका कमिटीको अधिवेशनमा भएको ढिलाइ र महाधिवेशनका लागि तयारी नपुगेकाले तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टर्दै गएको राजपाका महासचिव केशव झाले सेतोपाटीलाई बताए।

यसअघि वैशाखमा हुने भनिएको महाधिवशेन कात्तिक २८,२९ र ३० गतेका लागि तय भएको थियो। महाधिवशेन हुन नसके पनि राजपाको वडा,पालिका,क्षेत्रीय र जिल्ला अधिवेशनहरू भने हुने भएका छन्।
२४ गते वडा सम्मेलन,२७ गते पालिका सम्मेलन,२८ गते क्षेत्रीय सम्मेलन र ३० गते जिल्ला सम्मेलन गर्ने गरी मिति तोकिएको महासचिव झाले बताए।
चार तहका सम्मेलनहरू सकेपछि पार्टीको बैठक बस्ने र यसको समिक्षा गरेर महाधिवशेनको मिति तोक्ने राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताए ।






