मुख्य समाचार

तीन जनाको लिङ्ग काटेर हत्या, सिङ्गो गाउँ शोकमा

सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताए ।   उनले भने “सबैतिर तिहारको रौनक छ… पुरा पढौ

नेपाल संवत् ११४० प्रारम्भ

नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ। यो संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए।  नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।  “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का… पुरा पढौ

उपनिर्वाचनमा अन्तर्घात भए सैह्य नहुने देउवाको चेतावनी

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ बताएका हुन् । सभापति देउवाले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा… पुरा पढौ

बसले किचेर १४ वर्षीया किशोरीको मृत्यु

चिङ्गाड गाउँपालिका-३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो ।  उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको सोही बसको चक्काले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । घटनास्थलमा… पुरा पढौ

तिहारअघि नछुट्ने भए हाइप्रोफाइलका जुवाडे

शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने भएको छ । उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भए पनि तिहार बिदामा समय अभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु प्रहरी हिरासतमै रहने भएका हुन् ।  सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि सोमबार बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको थियो।  तिहारको चाड परेको भनेर एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा… पुरा पढौ

जीपबाट खसेर चन्दको मृत्यु

जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।           आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको सोमबार मृत्यु भएको हो । जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताए । घटनाबारे… पुरा पढौ

पूजामाथि १४ वर्षमै वज्रपात, २२ वर्ष हुँदा फैसला, दोषीलाई के भयो ?

विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् । एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन् ।   पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन् । चौध वर्षीया पूजा एसएलसीको गेस पेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जगन्नाथ पुस्तक पसलका… पुरा पढौ

हाइप्रोफाइलका जुवाडे : छुट्नका लागि पुगे सर्वोच्च

काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’का २५ जुवाडे मध्येका ६ जना हिरासत  मुक्त हुन सर्वोच्च अदालत पुगेका छन्। स्रोतका अनुसार आइतबार जुवाडेहरू बलराम सापकाेटा, पवित्रकुमार कार्की, श्रवणकुमार गाेयल, पवनकुमार गुप्ता, विक्रम गाैतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको हो। शनिबार राति महाराजगन्जबाट पक्राउ परेका मध्ये ६ जुवाडेलाई सोमबार उपस्थित गराउन सर्वोच्चले आइतबारै महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त महाराजगञ्जका नाममा आदेश गरेको हाे। महाराजगञ्ज प्रहरीले अहिले… पुरा पढौ

ओली प्रचण्डबीच ‘वान टु वान’ वार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो । दुई अध्यक्षबीचको भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो । केही समयअघि… पुरा पढौ

व्यंग्यात्मक देउसी सुनिसकेपछि रामचन्द्र पौडेलको प्रतिक्रिया (जस्ताको तस्तै)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुले फूलको माला मात्र होइन, जुत्ताको मालासमेत ब्यहोर्न सक्नुपर्ने बताएका छन् । नेताहरुले आफूमाथि हुने आलोचनालाईै पचाउन सक्नुपर्ने नेता पौडेलको भनाइ छ । आइतबार साँझ काठमाडौंमा आयोजित प्रज्ञा सिस्नुपानी देउसी कार्यक्रममा व्यंग्यात्मक देउसी सुनिसकेपछि संक्षिप्त मन्तव्य दिँदै कांग्रेस नेता पौडेलले भने, ‘नेतालाई गाली गरेवापत कलाकार बेपत्ता भए भनेर हालसालै मैले सुनिरहेको छु । मलाई के भन्नु छ भने नेतालाई आलोचना स्वाभाविक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं