मुख्य समाचार

महरालाई आज अदालतमा उपस्थित गराइँदै

पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ ।  सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ । काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको म्याद बुधबार सकिएकोले बिहिबार अदालत उपस्थित गराउन लागिएको हो । महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई पक्राउ गरिएको थियो । पुरा पढौ

ढुंगाले किचेर श्रीमतीको हत्या गर्ने युवक पक्राउ

एक युवकले टाउकोमा ढुंगाले प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि फरार भएका उनलाई प्रहरीले घटना भएको ४ घण्टापछि पक्राउ गरेको छ । धरान नगरपालिका वडा नम्बर १५ निवासी अञ्दाजी २३ वर्षीय युवक अर्जुन राईले बुधबार राति आफ्नी श्रीमतीको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेका हुन् । धरान-१५ खोरिया बस्ती नजिकै सेउती खोलाको डीलमा लगेर उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट मृतक २० वर्षीया… पुरा पढौ

एक हातले पासपोर्टमा छाप, अर्को हातले १० हजार च्याप !

२०७६ साउन १५ गते बिहान ६ बजे । अध्यागमन अधिकृत कमलप्रसाद पराजुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रस्थान कक्षमा आफ्नो ड्युटी सम्हाल्न पुग्छन् । विदेश जानेहरूको लाइनमा मिसिएका छन्, प्रभुत्वराज र सम्पन्नता (परिवर्तित नाम) । लाइन अगाडि बढ्दै जाँदा अध्यागमन अधिकृत पराजुलीको संकेतअनुसार दुवै जना उनको डेस्कमा पुग्छन्, पराजुलीले तत्काल पासपोर्टमा छाप हानेर प्रस्थान अनुमति दिन्छन् ।  सीसीटीभी फुटेजमा पराजुलीले आफ्नो डेस्कटप कम्प्युटरबाट नेटवर्किङको तार छुटाएको र खल्तीबाट दुइटा मोबाइल निकालेर अगाडिको… पुरा पढौ

कास्की-२ : अब राजकाजीको सम्भावना बलियो !

आशन्न उपनिर्वाचनको समयसीमा नजिकिंदै गर्दै चुनावी रौनक पनि निकै बढेको छ । दलहरूले उम्मेदवार सिफारिस कार्यलाई तीव्र बनाएका छन् । चुनावी चर्चा र चासो कास्की २ मा विशेष छ । एक त पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र र अर्को प्रतिनिधिसभाका लागि १ मात्र निर्वाचन क्षेत्र भएकाले कास्की–२ विशेष चर्चामा छ । कास्कीबाट नेपाली कांग्रेस, नेकपाले केन्द्रमा उम्मेदवार सिफारिस गरेको छ भने साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ । उम्मेदवार… पुरा पढौ

भारतमा ३ नेपालीको हत्या गर्ने पक्राउ, अपराध स्वीकार

यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो । रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा बीभत्स रुपमा… पुरा पढौ

दुःखद् खबर : जीप दुर्घटनामा २ को मृत्यु, ३ घाइते, चालक फरार

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यो खबर गुल्मी जिल्लाको हो । जिल्लाको मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मुसिकोट नगरपालिका… पुरा पढौ

नेकपा जिल्लाको निर्णय प्रदेशमा उल्ट्याइयो, विद्यासंगै सोमनाथ र राजकाजी पनि सिफारिस

नेकपा गण्डकी प्रदेश कमिटीले जिल्लाको उम्मेदवार सिफारिस संशोधन गरेको छ । कास्की २ मा नेकपाबाट जिल्ला कमिटीले विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको थियो । प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करनको नाम थप गरेको हो । कात्तिक ९ गते भएको प्रदेश कमिटी बैठकमा यसबारे वहस भएको थियो । मुख्यमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको जोडबलमा ३ जनाको नाम सिफारिस भएको १ नेताले बताए । जिल्लाले सर्वसम्मत नाम… पुरा पढौ

बलात्कार आरोपमा काँग्रेस युवा नेता गजुरेल समातिए

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् ।  उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए ।  महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार गजुरेल नयाँ… पुरा पढौ

प्रधानमन्त्री ओली अस्पताल भर्ना, भोलि डिस्चार्ज हुन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ओलीको स्वास्थ्य परीक्षणको क्रममा काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा भर्ना भएका हुन् । प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागका अध्यक्ष प्रा. डा. दिव्यासिंह शाह र मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन् । प्रम ओली भोलि बिहीबार डिस्चार्ज हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । पुरा पढौ

गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं