जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यो खबर गुल्मी जिल्लाको हो । जिल्लाको मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।
बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेलको मृत्यु भएको छ । अर्का मृतकको सनाखत हुन बाँकी छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक, २६ वर्षीय बिष्णु बिक छन् ।
घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटिया पठाइएको प्रहरीले जनाएको छ । जीप चालक ज्ञान बहादुर बिक भने फरार छन् ।-फाइल तस्वीर






