नेकपा जिल्लाको निर्णय प्रदेशमा उल्ट्याइयो, विद्यासंगै सोमनाथ र राजकाजी पनि सिफारिस

नेकपा गण्डकी प्रदेश कमिटीले जिल्लाको उम्मेदवार सिफारिस संशोधन गरेको छ ।

कास्की २ मा नेकपाबाट जिल्ला कमिटीले विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करनको नाम थप गरेको हो । कात्तिक ९ गते भएको प्रदेश कमिटी बैठकमा यसबारे वहस भएको थियो ।

मुख्यमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको जोडबलमा ३ जनाको नाम सिफारिस भएको १ नेताले बताए ।

जिल्लाले सर्वसम्मत नाम सिफारिस गर्दा माथिल्ला निकायलाई सहज हुनुपर्नेमा माथिल्ला निकायले नै नाम थप्नुले प्रदेश पार्टी इन्चार्ज गुरुङको नियतमा शंका उब्जिएको बताए ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्वाचित भएको कास्की २ सहित देशका विभिन्न स्थानमा मंसिर २४ गते उपनिर्वाचन हुँदै छ ।