प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
ओलीको स्वास्थ्य परीक्षणको क्रममा काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा भर्ना भएका हुन् ।
प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागका अध्यक्ष प्रा. डा. दिव्यासिंह शाह र मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
प्रम ओली भोलि बिहीबार डिस्चार्ज हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।







