कास्की-२ : अब राजकाजीको सम्भावना बलियो !

आशन्न उपनिर्वाचनको समयसीमा नजिकिंदै गर्दै चुनावी रौनक पनि निकै बढेको छ । दलहरूले उम्मेदवार सिफारिस कार्यलाई तीव्र बनाएका छन् ।

चुनावी चर्चा र चासो कास्की २ मा विशेष छ । एक त पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र र अर्को प्रतिनिधिसभाका लागि १ मात्र निर्वाचन क्षेत्र भएकाले कास्की–२ विशेष चर्चामा छ ।

कास्कीबाट नेपाली कांग्रेस, नेकपाले केन्द्रमा उम्मेदवार सिफारिस गरेको छ भने साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवार रिफारिसमा एकमत देखिएको नेकपा कास्कीमा प्रदेशको निर्णयले राजनीतिक द्धन्द, टकराव र तनाव सृजना गरेको छ । नेकपा कास्की विद्या भट्टराई अधिकारीलाई सर्वसम्मत सिफारिस गरेर नेता कार्यकर्तामा उत्साह छर्न सफल भएको थियो ।

राजकाजी गुरुङ करणको लागि तस्बिर परिणाम

तर त्यो उत्साह छिनभर पनि टिकेन । बुधबार नेकपाको प्रदेश कमिटीले जिल्लाको निर्णय उल्ट्याउँदै नेताहरू राजकाजी गुरुङ करण र सोमनाथ प्यासीको नामसमेत थपेर सिफारिस गरिदिएको छ । योसंगै नेकपा कस्कीमा राजनीति द्धन्द बढ्न सक्ने, कार्यकर्तामा निराशा छाउन सक्ने देखिन्छ । यसको असर चुनावमा पनि पर्न सक्छ ।

यसैबीच नेकपाको गण्डकी प्रदेश कमिटीले ३ जनाको नाम सिफारिस गरेपछि विशेषगरि अबको उम्मेदवार को भन्ने चर्चा शुरु भएको छ ।

पूर्व एमाले निकटका नेताहरूले सोमनाथ प्यासी र पूर्व माओवादी निकटका नेताहरूले राजकाजी गुरुङ उम्मेदवार बन्ने आंकलन गर्न थालेका छन् । योसंगै विद्याको नाम छायाँमा परेको छ ।

पूर्व माओवादी निकट नेकपा कास्कीका एक नेताले राजकाजी उम्मेदवार बन्ने सम्भावना बलियो रहेको तर्क पेश गरे ।

नेपालदुतसंग कुरा गर्दै उनले भने, ‘कास्कीका प्रधानमन्त्री ओली खेमा कमजोर छ, नेपाल खेमा अलि बलियो हो ।’

उनले यतिबेला पार्टीमा प्रचण्डको दवदवा र माधवकुमार नेपाल पनि प्रचण्डसंगै मिलेकाले राजकाजी उम्मेदवार बन्ने प्रवल सम्भावना रहेको दवी गरे ।

उनका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री तथा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ पनि राजकाजीलाई नै उम्मेदवार बनाउन चाहेका छन् । ३ जनाको नाम सिफारिस पनि मुख्यमन्त्री गुरुङकै जोडवलमा भएको थियो ।

पार्टीको सम्भावित नेता प्रचण्ड भएको र अर्का अध्यक्ष ओलीसंग मुख्यमन्त्री गुरुङको निकै दूरी बढेकाले मुख्यमन्त्री गुरुङ प्रचण्ड निकट भएर काम गर्न चाहेका छन् ।

राजकाजी गुरुङ करणको लागि तस्बिर परिणाम

पूर्व माओवादी निकटका अर्का एक नेता भन्छन्, ‘सबै किसिमको परिस्थिति हेर्दा प्रचण्डका निकै निकटका नेता राजकाजीको सम्भावना निकै बलियो छ ।’

‘मुख्यमन्त्री पृथ्वीसुब्बा र राजकाजी दुवै एउटै (गुरुङ) समुदायका भएकाले पनि मुख्यमन्त्रीको चाहना राजकाजीलाई उम्मेदवार बनाउने छ’, उनी भन्छन् ।

राजकाजी पहिलो संविधानसभाका लागि कास्कीबाटै निर्वाचित भएका नेता हुन् । उनी दोस्रो संविधानसभाका लागि पर्वतबाट चुनाव लडेर पनि पराजित भएका थिए ।

यस्तै अघिल्लो प्रदेशसभाका लागि चुनाव लडेका राजकाजी कांग्रेसका विन्दुकुमार थापासंग पनि झिनो मतले पराजित भएका थिए । राजकाजी अहिले कास्की जिल्ला कमिटीका इन्चार्ज समेत हुन् ।

उनले खुला राजनीतिमा आएपछि प्रचण्ड निकट रहेर चुनाव पिच्छे टिकट पाएका छन्, चुनाव लडका छन् । त्यसैले यो पटक पनि राजकाजी नै उम्मेदवार बन्ने आंकलन नेकपाका नेता कार्यकर्ताले गर्न थालेका छन् ।