ताजा समाचार

कार्तिक १७ गते २०७६

नयाँ प्रदेश प्रमुख छान्न सकस, आज नियुक्ति नहुने

सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि आजै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको योजना पूरा भएन ।

नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।