ताजा समाचार

कार्तिक १८ गते २०७६

दुर्घटनामा डाक्टर बाबु र नर्स छोरीको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए ।

घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिएका छन्।

विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।