बुधबार बेलुकीदेखि भने मौसम धेरैजसो बिग्रने देखिएको छ । मौसमविद् शान्ति कर्णेलका अनुसार बुधबार बेलुकीदेखि पश्चिममा बढी नै क्षति गर्नेछ ।
बुधबार बेलुकीदेखि असिनासमेत पर्ने भएकाले कृषकले बढी नै क्षति व्यहोर्नुपर्ने देखिएको छ ।
विशेषगरी पोखरादेखि पश्चिमको भूभागमा बढी क्षति गर्ने देखिएको भन्दै मौसमविद् कर्णेलले यदि धान काटिसकेको भए बुधबार साँझसम्म स्याहार्न र यदि धान नकाटेको भए मंगलबार र बुधबार नकाट्न आग्रह गरेकी छिन् ।






