मोरङमा काँग्रेसको जित

मोरङको धनपालथान गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का पङ्कज मण्डललाई २०४ मतले पछाडी पार्दै जित निकालेका हुन्। साहले १ हजार ७०१ मत पाउदा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का पङ्कज मण्डलले १ हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।