भक्तपुरमा भँडेल विजयी

भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। उनले १३४४८ मत पाए भने नेकपाका उम्मेदवार  डि पि ढकालले ११२०६ मत ल्याए।

भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे।   यो क्षेत्रमा यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।   प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।