बागलुङ क्षेत्र नम्बर २ (ख) मा कांग्रेसको अग्रता

बागलुङ क्षेत्र नम्बर २ (ख) को उपनिर्वाचनको मतगणना चलिरहँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

प्रारम्भिक परिणाममा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले १५ मतले अग्रता लिएका हुन् । शेरचनले १०५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी संयुक्त बाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाहीले १०४० मतले पछ्याइरहेका छन् ।