कास्कीमा ढिस्कोले पुरिएर ५ को मृत्यु

कास्कीको पोखरा उपमहानगरपालिका–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पुरिएर सल्यानको एकै गाउँका ५ को मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सल्यानवाट वाटो निर्माणको कामका लागि पोखरा आएका मजदुरहरु गणेश ओली, खिमलाल बस्नेत, जीतबहादुर बस्नेत, जगेन्द्र बुढाथोकी र तोवन बस्नेत रहेका छन् ।

भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि पर्खाल लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको प्रहरीले जानकारी दिएको छ ।