मकालु गाउँपालिकामा नेकपाका पोख्रेलको जित

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजय भएको छ।

नेकपाका तेजबहादुर पोख्रेलले ३ हजार ०१८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत ल्याएका थिए ।

मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जिप दुर्घटनामा मृत्यु भएपछि अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।