संखुवासभाको मकालु गाउँपालिकामा नेकपाको अग्रता

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना चलिरहँदा नेकपाले अग्रता लिएको छ।

प्रारम्भिक परिणाममा नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल १९०६ मतका साथ अगाडि छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले १४५६ मतले पछ्याइरहेका छन् ।