मुख्य समाचार

एमालेमा लागेकालाई सांसदबाट हटाउँदै माओवादी

नेकपा माओवादी केन्द्रले एमालेमा गएका २३ नेतालाई कारवाही गर्ने भएको छ । माओवादीबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेको बागमती प्रदेश इन्‍चार्ज भएका छन् । एमाले अध्यक्ष ओलीले सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज बनाएका छन् । त्यस्तै प्रदेश २ को अध्यक्षमा प्रभु साह छन् । शनिबार बिहान बसेको बैठकबाट उनीहरुलाई यथाशीघ्र घर फर्किन आह्वान गर्ने र नफर्के कारवाही हुने नेता जनार्दन शर्माले बताए । एमालेमा गएका माओवादी नेताको सांसद पद पनि खारेज… पुरा पढौ

एमालेमा भाँडभैलो, पार्टी विभाजनको दिशातिर !

अदालतको फैसलापछि टरेको नेकपाको भाँडभैलो सत्तारुढ एमालेमा सुरु भएको छ । शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफू निकट केन्द्रीय सदस्यको बैठकबाट माधव नेपाल पक्षको जिम्मेवारी खोसे । ओलीले महाधिवेशनको मिति तोक्नेदेखि महासचिवबाहेक पदाधिकारीसमेत खारेज गरेका छन् । उनले माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा बादललाई गण्डकी र लेखराज भट्टराई सुदूरपश्चिमको इन्चार्ज नियुक्त गरेका छन् । यी दुवै ठाउँमा वरिष्ठ नेता माधवकुमार निकट नेता इन्चार्ज थिए । अध्यक्ष ओलीले माओवादीका २३… पुरा पढौ

एमालेमा लागेकालाई माओवादीले सांसद हटाए माथिल्लो सम्मान : ज्ञवाली

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार २३ माओवादी नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । आफू पक्षीय केन्द्रीय समितिको विशेष बैठकबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा लगायतलाई उनले महत्वपूर्ण जिम्मेवारी दिएका छन् । ओलीले माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । एमाले केन्द्रीय सदस्य बनेपछि माओवादी केन्द्रबाट सांसद जितेकाहरु कारवाहीमा पर्ने निश्चित छ । यो अवस्थामा उनीहरुलाई त्यसको क्षतिपूर्ति र उच्च सम्मान दिने एमालेको तयारी छ । एमाले प्रवक्ता प्रदीप… पुरा पढौ

ओलीसँगको एकता सकियो : बामदेव

एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँगको एकता सकिएको प्रतिक्रिया दिएका छन् । ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट पार्टीको दशौं महाधिवेशन तोक्नेदेखि निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसेपछि बामदेवको यस्तो भनाइ आएको हो । उनले भने, अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं । ओली पक्षको बैठकले माओवादी छोडेर एमालेमा लगेका नेताहरूलाई एमालेमा जिम्मेवारी दिने र माधवकुमार नेपाल पक्षमा रहेका निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेको… पुरा पढौ

पार्टीको नाम फेर्दै माओवादी केन्द्र

फागुन २३ बाट पुरानै स्वरुपमा फर्केको नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ। पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समिति अधिकांश सदस्य सहमत भएका छन् । बुधबार बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएको हो । बैठकमा नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीपछि केही फुर्काे जोड्नेबारे छलफल भइरहेको छ । अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा… पुरा पढौ

मान्छे थपे समानान्तर कमिटी : नेपाल, खनाल

नेकपा एमालेको माधव नेपाल पक्षले एमालेलाई पूर्ववत् रुपमै सञ्चालन गर्न माग गरेको छ । एकतापूर्व ३८ भन्दा बढी जिल्ला कमिटीको नेतृत्व माधव नेपालको पक्षमा थियो । माओवादीसँग एकीकरणअघिकै पार्टी संरचना क्रियाशील गराउनुपर्ने यो पक्षको माग छ । बुधबार भएको केन्द्रीय सदस्यहरूको भेलामा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय बैठकमा पार्टीको साविककै संरचनालाई यथावत् राख्न दबाब दिने नेपाल पक्षले निष्कर्ष निकालेको छ । माओवादी केन्द्रबाट प्रधानमन्त्री ओलीलाई साथ दिएका रामबहादुर थापा… पुरा पढौ

बादल एमाले उपाध्यक्ष

आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा एमालेमा सम्मानजनक स्थान दिने तयारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारी भएको जनाइएको छ । बादल माओवादी केन्द्रका नेता हुन् । तत्कालीन एमालेमा ५ उपाध्यक्ष थिए। एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी अहिले राष्ट्रपति छन्। ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद… पुरा पढौ

अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे ।   “नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले भने, “संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन,… पुरा पढौ

राप्रपा गण्डकी अध्यक्षमा हेमजंग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्ति गरेको छ । अध्यक्षत्रयले प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेका हुन् । प्रदेश १ मा अध्यक्ष रामकुमार थापा, उपाध्यक्ष सगुनसुन्दर लावती, प्रदेश २ मा अध्यक्ष रामचन्द्र राय, उपाध्यक्ष महेशलाल महासेठ, गण्डकी प्रदेशमा अध्यक्ष हेमजङ्ग गुरुङ, उपाध्यक्ष महेश्वर रोक्का मनोनीत भएका छन् । लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय अध्यक्ष, कैलाश गुरुङ उपाध्यक्ष र कर्णाली प्रदेशमा दीपबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा जनकसिंह ठकुरीलाई मनोनयन… पुरा पढौ

विद्या भट्टराई अब कुन पार्टीकी सांसद ?

सर्वोच्च अदालतको फैसला पछि नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि निर्वाचित सांसद अब कुन पार्टीको हुने अन्यौल भएको छ। नेकपाको नाम विवादमा सर्वोच्च अदालतले फैसला सुनाउँदै साबिक एमाले र माओवादी केन्द्र ब्युँताएको छ। पार्टी एकतापछि भएको उपनिर्वाचनमा नेकपाले सूर्य चिन्हबाट उम्मेदवार उठाएको थियो। तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनकी पत्नी विद्या भट्टराई कास्की २ बाट उम्मेदवार भई विजयी भएकी थिइन्। सर्वोच्चको फैसलाले केपी ओली र पुष्पकमल दाहाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं