मुख्य समाचार

दीपक मनांगे बने मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । संसदीय अंकगणितमा अल्पमतमा रहेका उनले एमालेको समर्थनमा चुनाव जितेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनांगे) लाई युवा तथा खेलकुदमन्त्री बनाएका हुन् । गण्डकीमा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि २ मन्त्रालय खाली थिए । आफूविरुद्ध अविश्वास प्रस्ताव आएर सरकार ढल्ने मोडमा पुगेका बेला मन्त्रालय फुटाएर गुरुङले नयाँ मन्त्री बनाएका हुन् । राजीव मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा चुनिएका हुन् । एमालेको… पुरा पढौ

अस्पतालबाट खिमविक्रमको विज्ञप्ति : पार्टीको निर्णय मान्छु

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले अस्पतालबाटै विज्ञप्ति जारी गरी पार्टीको निर्णय मान्ने जनाएका छन् । उनले आफ्नो स्वाथ्यमा सुधार भइरहेको जनाउँदै स्वस्थ भएपछि आफ्नो विषयमा उठेका जिज्ञाशाको जवाफ दिने जनाएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिन बुधबार उनी अनुपस्थित भएका थिए । मोवाइल अफ गरी सम्पर्कविहीन भएका शाही पछि चरक मेमोरियल अस्पतालमा उपचाररत रहेको सार्वजनिक भएको थियो । शाही अनुपस्थित हुँदा मतदान भएको भए… पुरा पढौ

कास्कीमा १५ गतेबाट निषेधाज्ञा

कास्कीमा १५ गते बुधबार बिहानबाट एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार राति सूचना निकालेर २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । कास्कीका सिडिओ थानेश्वर गौतमद्धारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कारवाही हुने उल्लेख छ । पुरा पढौ

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्ताव पेश गरे । नेपाली मुख्यमन्त्रीमा प्रस्तावित छन् । नेपालीले सरकार अवैधानिक भएपछि अविश्वासको प्रस्ताव ल्याइएको जिकिर गरे । नेपालको संविधानको धारा १ सय ८८ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । नेकपा विभाजित भएपछि गुरुङले प्रदेशसभामा विश्वासको… पुरा पढौ

भाईबर र वाड्स एपमा भारतीयको ठगी धन्दा

सुन्दरकुमार थकालीजोमसोम—केही वर्ष यता केही भारतीय गिरोहले नेपाली सर्वसाधरणलाई भाईबर र वाड्स एपको माध्यमबाट ठगी धन्दा चलाउन सक्रिय छन् । ठेगाना उल्लेख नगर्ने आकाश बर्मा नाम उल्लेख भएको उक्त भारतीय व्यक्तिले तपाईलाई भाईबर÷वाड्स एपबाट पुरस्कार भारु २५ लाख परेको भन्दै नेपालमा ठगी धन्दा चलाउने गरेको रहस्य बिहिबार खुलेको छ ।भाईबर र वाड्स एप पुरस्कारको माध्यमबाट ठगी गर्ने ति गिरोह आकाश बर्माले पुरस्कार प्राप्त गर्न लाग्ने राजश्व वापतको शुल्क आफ्नो एकाउन्टमा… पुरा पढौ

कर्णालीका ४ एमाले सांसदलाई कारवाही

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई एमालेले कारवाही गरेको हो । एमाले प्रमुख सचेतक गुलाबजंग शाहले उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिएको बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको छ । सत्ता समीकरणको नयाँ कसरतमा लागेका प्रधानमन्त्री ओलीलाई… पुरा पढौ

शनिबार सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । शनिबार ११ बालुवाटारमा बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने थापाले बताए । पुरा पढौ

पत्रकार महासंघमा विपुल प्यानल निर्वाचित

नेपाल पत्रकार महासंघमा विपुल पोख्रेल अध्यक्षसहित कार्यसमितिमा उनको प्यानल नै निर्वाचित भएको छ। पोख्रेलले निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका छन्। पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत प्राप्त गरिन। चैत २५ गते भएको चुनावपछि जारी मतगणना शनिबार अपराह्न सकिएको हो।  महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए । अन्तिम मत परिणाम पुरा पढौ

बागलुङ बल्देधुरी काण्ड : ८ जना पक्राउ

गत फागुन १५ गते फागुपूर्णिमाका दिन बागलुङको बल्देधुरीमा भएको २ युवाको हत्या आरोपमा ८ पक्राउ परेका छन् । जिप्रका बागलुङका अनुसार पक्राउ पर्नेमा बडिगाड १० का २८ वर्षीय रेशम बुढामगर, २३ वर्षीय मिलन बुढा, २४ वर्षका रेशम भन्ने भेषराज बुढा, २३ वर्षका कुमार छन्त्याल छन् । यस्तै, ३३ वर्षका झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षका सूर्य बुढा र ४६ वर्षका ढालबहादुर बुढा छन् । प्रहरीले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई… पुरा पढौ

घनश्याम र सुरेन्द्र निलम्बित

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाही गरेका छन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं