अस्पतालबाट खिमविक्रमको विज्ञप्ति : पार्टीको निर्णय मान्छु

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले अस्पतालबाटै विज्ञप्ति जारी गरी पार्टीको निर्णय मान्ने जनाएका छन् ।

उनले आफ्नो स्वाथ्यमा सुधार भइरहेको जनाउँदै स्वस्थ भएपछि आफ्नो विषयमा उठेका जिज्ञाशाको जवाफ दिने जनाएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिन बुधबार उनी अनुपस्थित भएका थिए ।

मोवाइल अफ गरी सम्पर्कविहीन भएका शाही पछि चरक मेमोरियल अस्पतालमा उपचाररत रहेको सार्वजनिक भएको थियो । शाही अनुपस्थित हुँदा मतदान भएको भए पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगिने थियो ।

प्रदेशसभाले गरेको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भए पनि एक निजी ल्याबमा गराएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ छ ।