पत्रकार महासंघमा विपुल प्यानल निर्वाचित

नेपाल पत्रकार महासंघमा विपुल पोख्रेल अध्यक्षसहित कार्यसमितिमा उनको प्यानल नै निर्वाचित भएको छ। पोख्रेलले निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका छन्। पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत प्राप्त गरिन।

चैत २५ गते भएको चुनावपछि जारी मतगणना शनिबार अपराह्न सकिएको हो।  महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

अन्तिम मत परिणाम