बागलुङ बल्देधुरी काण्ड : ८ जना पक्राउ

गत फागुन १५ गते फागुपूर्णिमाका दिन बागलुङको बल्देधुरीमा भएको २ युवाको हत्या आरोपमा ८ पक्राउ परेका छन् ।

जिप्रका बागलुङका अनुसार पक्राउ पर्नेमा बडिगाड १० का २८ वर्षीय रेशम बुढामगर, २३ वर्षीय मिलन बुढा, २४ वर्षका रेशम भन्ने भेषराज बुढा, २३ वर्षका कुमार छन्त्याल छन् । यस्तै, ३३ वर्षका झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षका सूर्य बुढा र ४६ वर्षका ढालबहादुर बुढा छन् ।

प्रहरीले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो । आरोपीहरु गुल्मी, रुपन्देही र बागलुङका विभिन्न ठाउँबाट पक्राउ परेका हुन् । बडिगाउँ १० दर्लिङ र राजकुटका युवाबीच १५ गते झगडा भएको थियो ।

सोही घटनामा प्रकाश कुँवर र दीपक परिवारको मृत्यु भएको थियो । उनीहरुलाई कुटपिट गरी घाइते बनाएर बुल्देधुरीको भीरबाट खसालिएको प्रहरीले जनाएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।