कास्कीमा १५ गतेबाट निषेधाज्ञा

कास्कीमा १५ गते बुधबार बिहानबाट एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार राति सूचना निकालेर २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । कास्कीका सिडिओ थानेश्वर गौतमद्धारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कारवाही हुने उल्लेख छ ।