मुख्य समाचार

कास्कीमा नेपाल–खनालको समानान्तर कमिटी, अध्यक्षमा धनराज

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले कास्कीमा समानान्तर कमिटी निर्माण गरेको छ । नेपालकै उपस्थितिमा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले गण्डकी प्रदेशमा पहिलो पटक कास्कीमा समानन्तर कमिटी बनाएको हो । ७५ सदस्यीय कमिटीको अध्यक्षमा धनराज आर्याय र सचिवमा होमबहादुर नेपाली छन् । एमाले संस्थापन पक्षतिर कास्की अध्यक्षमा कृष्ण थापा छन् । समानान्तर कमिटी अध्यक्ष आचार्य पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन् । पुरा पढौ

सर्वोच्चमा माओवादीले दर्ता गर्‍यो पुनरावलोकन निवेदन

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण बदर गरेको निर्णयविरुद्ध माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ। मंगलबार पुनरावेदन निवेदन लिएर प्रचण्डसहित मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेर दर्ता गराएका हुन्। निवेदन दर्ता गराएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक… पुरा पढौ

देशभरका पत्रकारलाई चुनाव लाग्यो, केन्द्रका लागि उम्मेदवारी दर्ता

नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी… पुरा पढौ

फागुन २८ पछिका निर्णय फिर्ता हुँदैनन् : ओली

प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेले फागुन २८ गतेपछि गरेका निर्णयहरू फिर्ता नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा ९एमाले०को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले फागुन २८ पछि भएका पार्टीका निर्णयहरू फिर्ता नहुने बताएका हुन् । चैत ५ गते र चैत ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उनको भनाइ छ । उनले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न… पुरा पढौ

माधव नेपालबाटै कारवाही सुरु हुने ओलीको संकेत

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधव नेपालसँग गुटको नेताका रुपमा सम्झौता नहुने बताएका छन् । उनले एमालेको नाममा गुटको भेला गरे गर्ने मुख्य व्यक्तिबाटै कारवाही सुरु गर्ने चेतावनी दिए । ओलीले माधव नेपाल पक्षलाई फुटेर जान कानुनी समस्या परेको भए अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गरिदिनेसमेत बताए । ओलीले भने, ‘फुटेर जान समस्या परेको हो भने मसँग निवेदन हाले हुन्छ । अध्यादेश, विधेयक केही गरेर जान… पुरा पढौ

फेरि विघटन गरेर चुनावमा जाऔं : प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा फेरि संसद विघटन हुने संकेत मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संसदले काम गर्न नसकेको र विघटन हुन सक्ने बताउनु र राष्ट्रपति विद्यादेवी भण्डारीले चुनाव लोकतान्त्रिक प्रक्रिया भएको टिप्पणी गर्नु गरेका थिए ।प्रधानमन्त्री र राष्ट्रपतिका यस्ता अभिव्यक्तिले फेरि प्रतिनिधिसभा विघटन हुने संकेत मिलेको नेताहरुले बताएका छन् । चियापानमा प्रधानमन्त्रीले भनेका थिए, ‘स्थापित प्रतिनिधिसभाले काम गर्ला जस्तो छैन । अब फेरि विघटन… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, सैनिक जवानको मृत्यु

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्याइएकोमा… पुरा पढौ

प्रचण्डलाई ओलीको प्रस्ताव : भेटौं

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आग्रह गरेका छन् । सोमबार टेलिफोन गरी ओलीले भेट्न आग्रह गरेका हुन् । सर्वाेच्चको २३ फागुनको फैसला पछि आआफ्नो बाटो लागेका एमाले र माओवादी केन्द्र अध्यक्षबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपाल पक्षले ओलीले बोलाएको केन्द्रीय समिति बैठक र चियापानमा सहभागी नहुने र राष्ट्रिय भेला बोलाउने निर्णय गरेका बेला प्रचण्डलाई ओलीले भेट्न खोजेका… पुरा पढौ

धुम्बाराहीमा एमालेका २ समूहबीच छलफल

नेकपा एमालेको विवाद मिलाउन दुवै पक्षबीच अहिले वार्ता भइरहेको छ । नेपाल र ओली पक्षबीच ४ महिनापछि छलफल भएको हो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षबीच धुम्बाराहीमा छलफल भएको हो । छलफलमा ओली, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली छन् भने माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्ड, गोकर्ण विष्ट पनि सहभागी छन् । नेता… पुरा पढौ

एमालेमा गएका नेतालाई माओवादीले सोध्यो स्पष्टीकरण

एमालेको केन्द्रीय सदस्य बनेका माओवादी केन्द्रका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन भनेको छ । शुक्रबार एमालेले गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो । माओवादीले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं