प्रचण्डलाई ओलीको प्रस्ताव : भेटौं

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आग्रह गरेका छन् ।

सोमबार टेलिफोन गरी ओलीले भेट्न आग्रह गरेका हुन् । सर्वाेच्चको २३ फागुनको फैसला पछि आआफ्नो बाटो लागेका एमाले र माओवादी केन्द्र अध्यक्षबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेपाल पक्षले ओलीले बोलाएको केन्द्रीय समिति बैठक र चियापानमा सहभागी नहुने र राष्ट्रिय भेला बोलाउने निर्णय गरेका बेला प्रचण्डलाई ओलीले भेट्न खोजेका हुन् ।

एमाले नेता माधवकुमार नेपाल पक्षले ओलीले बोलाएको केन्द्रीय समिति बैठक र चियापानमा सहभागी नहुने र राष्ट्रिय भेला बोलाउने निर्णय गरेका बेला प्रचण्डलाई ओलीले भेट्न खोजेका हुन् ।

तर भेटका लागि प्रचण्डले रुचि नदेखाएको र पछि केन्द्रीय समिति बैठकपछि खबर गरौला भन्ने जवाफ दिएको स्रोतको दाबी छ ।