एमालेमा गएका नेतालाई माओवादीले सोध्यो स्पष्टीकरण

एमालेको केन्द्रीय सदस्य बनेका माओवादी केन्द्रका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन भनेको छ ।

शुक्रबार एमालेले गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

माओवादीले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा एमालेतिर लागेका छन् । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने र सांसद रहेकाहरुलाई पदमुक्त गर्ने तयारी छ ।