माधव नेपालबाटै कारवाही सुरु हुने ओलीको संकेत

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधव नेपालसँग गुटको नेताका रुपमा सम्झौता नहुने बताएका छन् ।

उनले एमालेको नाममा गुटको भेला गरे गर्ने मुख्य व्यक्तिबाटै कारवाही सुरु गर्ने चेतावनी दिए । ओलीले माधव नेपाल पक्षलाई फुटेर जान कानुनी समस्या परेको भए अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गरिदिनेसमेत बताए ।

ओलीले भने, ‘फुटेर जान समस्या परेको हो भने मसँग निवेदन हाले हुन्छ । अध्यादेश, विधेयक केही गरेर जान दिउँला । आफू लोकतान्त्रिक मान्छे भएको उल्लेख गर्दै बँधुवा बनाएर कसैलाई नराखिने बताए । उनले भने, पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन, व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ ।

उनले माफी मागेर आएको खण्डमा पार्टीमा स्थान दिन तयार रहेको बताए । उनले नेपाल पक्षको भेलामा गएका ७५ प्रतिशत कार्यकर्ता आफू पक्षमा आउने उल्लेख गरे ।