मुख्य समाचार

ओली प्रचण्डको नेकपा खारेज (फैसलाको पूर्णपाठ)

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । पुरा पढौ

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको थियो । त्यही तीन बुँदे सहमतिपत्रमा प्रधानमन्त्री ओली र विप्लवको उपस्थितिमा वार्ता टोलीका सदस्यहरूले औपचारिक रुपमा हस्ताक्षर गरेका हुन्… पुरा पढौ

विद्रोही नेकपामाथि प्रतिबन्ध हट्यो, भोलिसम्म हिरासतका नेता, कार्यकता छाडिने

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार साँझको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध हटाउँदै देशभर हिरासतमा रहेका विप्लवका नेता, कार्यकर्ता रिहा गर्न सर्कुलर जारी गरेको एक मन्त्रीले जानकारी दिए । गृह मन्त्रालयले बुधवार साँझ सबै प्रमुख जिल्ला अधिकारीलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ कार्यकर्ता प्रहरीको हिरासतमा छन् । पुर्पक्षका लागि रहेकाहरुको सम्बन्धमा… पुरा पढौ

प्रचण्ड नेपाल पक्षलाई ओली समूहको संसदीय दलको बैठकको निम्तो

नेकपा ओली समूहले २२ गते संसदीय दलको बैठक बोलाएको छ । दिउँसो ३ बजे संसदीय दलको बैठकमा नेकपाका सबै १ सय ७३ सांसदलाई बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । एसएमएसमार्फत सबै सांसदलाई सूचना पठाइएको छ । नेकपाका ८७ सांसद प्रचण्ड नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूहमा खुलेका छन् । पुरा पढौ

घूस फालेर पालिका अध्यक्ष फरार

भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उनी उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ । घूस रकम लिएर भाग्दै गरेको प्र।२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद… पुरा पढौ

फेवातालको विवरण नेपाल राजपत्रमा

पोखरा फेवातालको चारकिल्ला र सीमानासम्बन्धी विवरणसहित पहिलोपल्ट नेपाल राजपत्रमा सूचना प्रकाशित भएको छ । नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फागुन १७ गते प्रकाशित उक्त राजपत्रमा फेवातालको चारकिल्ला विवरण तथा सीमारेखाको व्याख्यासमेत गरी फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा तोकिएको छ । चारकिल्लामा पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौदी चंखपुर दम्किलो र दक्षिणमा चिसापानी रानी वन कायम गर्नेसमेत उल्लेख गरिएको छ । राजपत्रमा… पुरा पढौ

चुनावी सरकार बनाऔं : डा भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक सहमति गरी चुनाव सरकार बनाउनुपर्ने विचार राखेका छन् । भारतमा स्वास्थ्य उपचार गरी मंगलबार फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका हुन् । अहिलेको समस्याको जरो २०६५०६६ पछि भत्किएको राजनीतिक सहमति भएको उल्लेख गर्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने सुझाव दिएका छन् । सहमतिको सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने,… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको हो । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको… पुरा पढौ

प्रचण्ड–नेपाल समूहले पहिलाको अविश्वास प्रस्ताव अघि नबढाउने

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको छ । शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अब नयाँ ढंगले अविश्वास… पुरा पढौ

झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अविस्वासको प्रस्ताव पास गरेर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइतबार झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका हुन् । ‘तपाईंहरुले संसद फिर्ता गरेर ल्याउनुभएको छ भने, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् ।’ पहिले पनि हटाउँदा जनताले आफूलाई जिताएर पठाएको उल्लेख गर्दै उनले अहिले हटाए तीन करोड… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं