चुनावी सरकार बनाऔं : डा भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक सहमति गरी चुनाव सरकार बनाउनुपर्ने विचार राखेका छन् ।

भारतमा स्वास्थ्य उपचार गरी मंगलबार फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका हुन् । अहिलेको समस्याको जरो २०६५०६६ पछि भत्किएको राजनीतिक सहमति भएको उल्लेख गर्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने सुझाव दिएका छन् ।

सहमतिको सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाउने, समावेशी समृद्धिको वृहत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने, सहमतिमा संविधान संशोधन गर्ने लगायतका काम गर्नुपर्ने उनको भनाइ छ ।