प्रचण्ड–नेपाल समूहले पहिलाको अविश्वास प्रस्ताव अघि नबढाउने

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ ।

फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको छ । शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अब नयाँ ढंगले अविश्वास प्रस्तावका विषयमा अरु दलसँग छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।