मुख्य समाचार

प्रचण्ड–माधवलाई महासचिव छान्न हम्मे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो । संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने… पुरा पढौ

डाक्टरको परामर्श शुल्कमा भारी वृद्धि, स्वास्थ्य मन्त्रालय मौन

नेपाल चिकित्सक संघ (एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकको नयाँ परामर्श शुल्क लागु गर्न निर्देशन दिएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै २ संस्थाले एक्कासि चर्काे शुल्कवृद्धि गरेका हुन् । फागुन ४ गते बसेको एनएमए र अफिनको संयुक्त बैठकले यो निर्णय गरेको हो । राष्ट्र बैकको मुद्रास्फीतिलाई आधार मानेर चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको दाबी गरिएको छ । यो शुल्कलाई बुधबारबाटै लागु हुने… पुरा पढौ

वैकल्पिक संयुक्त सरकार बनाऔं : विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफल संसदीय व्यवस्थाबाट जनअपेक्षित निकास ननिस्कने बताएका छन् । २६ औं जनयुद्ध दिवसको शुभकामना दिँदै उनले भनेका छन्, ‘यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ,’ वक्तव्यमा भनिएको छ, ‘जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पुँजीवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ ।’ हालै निर्माण भएको ४ दलको मोर्चाले वैकल्पिक सरकारको काम गर्न सक्ने उनले… पुरा पढौ

बाटोले बदल्यो रुपाको रुप

रुपै फेर्ने रुपा । विहान एउटा रंग हुन्छ । दिउँसो अर्को त साँझमा फरक रुप देखिन्छ रुपातालको । यही रुपाकै नामबाट बन्यो रुपा गाँउपालिका । कास्कीको पूर्वोत्तरमा रहेको रुपा गाँउ विकासको दृष्टिकोणले निकै पछाडी छ । यसैको उदाहरण हो सडक सञ्जाल । विकासको पहिलो सूचक हो सडक पूर्वाधार । सडक पूर्वाधार ढिलो मात्रै बनेको छ । कास्की पोखरा महानगरपालिकासँगै चारवटा गाँउपालिका बने । संघीयता आउनुभन्दा अघि सडक सञ्जाल खासै थिएन्… पुरा पढौ

५ घन्टापछि झाक्री रिहा

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन्। पाँच घन्टा हिरासतमा बसेर रिहाइ भएपछि उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिइएको दाबी गरिन् । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको एसएसपी दीपक थापाले बताए । रिहाइपछि झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिइन् । ‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक… पुरा पढौ

१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन् । नेकपा दाहाल–नेपाल समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’ उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए । उनले भने, ‘जनताप्रति… पुरा पढौ

कांग्रेस जस्तोसुकै परिस्थिति सामना गर्न तयार छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगञ्जमाआयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचनमा जानुपर्ने बताए । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा पूर्व उपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले… पुरा पढौ

गणतन्त्र आउँदा रुँदै हिँड्नुभयो, अब हँसाउनुहोस् : प्रचण्ड

आफूले जनतालाई हँसाएकोमा कसैलाई पीर परेको भन्ने झटारो हानेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। प्रचण्डले गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको टिप्पणी गरे ।उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’ नेकपा दाहाल–नेपालनिकट राष्ट्रिय युवा संघको बैठक उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । संविधानको मूलमर्ममाथि प्रहार भएको बेला… पुरा पढौ

सांसद मनाङे वामदेवको अभियानमा

गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) विभाजित दल नेकपाको कुनै पक्षमा नलाग्ने भएका छन् । उनले बामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानलाई उनले समर्थन जनाउने भएका छन् । मनाङ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका उनी गतवर्ष नेकपा प्रवेश गरेका थिए । उनी प्रदेश सभामा सत्तारुढ दलकै लहरमा बस्दै आएका थिए । आफू पार्टी विभाजनको पक्षमा नरहेको उनले बताए । ‘यो विभाजनले कसैलाई फाइदा गर्दैन’ उनले भने, ‘त्यसकारण पार्टी… पुरा पढौ

बास्तोला पक्राउको विरोधमा विप्लवको नेपाल बन्द

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लव नेकपाले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका कार्यक्रम बिहीबार घोषणा गरेको हो। महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार ३ गते देशव्यापी जुलुस, ५ गते देशव्यापी विरोधसभा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं