बाटोले बदल्यो रुपाको रुप

रुपै फेर्ने रुपा । विहान एउटा रंग हुन्छ । दिउँसो अर्को त साँझमा फरक रुप देखिन्छ रुपातालको । यही रुपाकै नामबाट बन्यो रुपा गाँउपालिका । कास्कीको पूर्वोत्तरमा रहेको रुपा गाँउ विकासको दृष्टिकोणले निकै पछाडी छ । यसैको उदाहरण हो सडक सञ्जाल ।

विकासको पहिलो सूचक हो सडक पूर्वाधार । सडक पूर्वाधार ढिलो मात्रै बनेको छ । कास्की पोखरा महानगरपालिकासँगै चारवटा गाँउपालिका बने । संघीयता आउनुभन्दा अघि सडक सञ्जाल खासै थिएन् । थिएन भन्दा पनि फरक पर्दैन् । तर अहिले रुपाको रुपै फेरिएको छ । सडक सञ्जालले गाउँका सबै वडालाई छोएको छ । गीतैले पनि भन्छ ‘रुपै राम्रो रुपातालको’ ।

गाउँपालिका स्थापना अघि सडक सञ्जाल केबल धुलाम्मे थियो । ट्रयाक मात्रै खोलेर राखिएको थियो । कालोपत्रे पीच भन्ने गाँउपालिकामै थिएन् । थियो त केबल २० मिटर मात्रै । गाँउपालिका भरि नै केवल २० मिटर कालोपत्रेबाट सडकको पूर्वाधार अगाडि बढ्यो ।

अहिले रुपाको रुपै फेरिएको छ । सडक सञ्जालले गाउँका सबै वडालाई छोएको छ । गीतैले पनि भन्छ ‘रुपै राम्रो रुपातालको’ ।

‘रुपा गाउँपालिकाका २० मिटर मात्रै सडक कालोपत्रे थियो’ रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचन भएर आउँदाको दिन सम्झिए–‘अहिले सडकले रुप फेरेको छ ।’ संघीयताको पहिलो वर्ष स्थानीय तहमै कानून निर्माणमा जुट्यो । कानून बनाएर कार्यान्वयन गर्ने तर्फ अग्रसर रह्यो ।

त्यसपछि गाँउपालिकाले सडक पूर्वाधारको बर्षको रुपमा मनाउने निर्णय गर्यो । निर्णयसँगै गाँउपालिकाको सबै वडालाई सडक सञ्जालले छुने व्यवस्था गाँउपालिकाले गर्यो । ‘८५ किलोमिटर सडक कालोपत्रे हुने संघारमा छ ।’ उनले भने–‘सबै जसो सडक टेण्डरमा गईसकेको छ । बन्ने क्रममै छन् ।’

रुपाकोट–थुम्कीसम्मको १३ किलोमिटर सडक बनिसक्यो । बेगनास–भोर्लेटार १२ किलोमिटर सडकको काम भईरहेको छ । शिशुवा–पोल्याङटारसम्मको १६.२ किलोमिटर त्यस्तै निर्णाधिनकै चरणमा छ । गाँउपालिकमा ७ वटा वडा छन् । सातै वडालाई धुने रिङरोड(चक्रपथ) निर्माण गर्ने योजनासहितको काम प्रक्रियामा गईसकेको छ । चक्रपथ ६४ किलोमिटरको बन्ने छ ।

चक्रपथको पहिलो खण्ड पोल्याङ–पैmंचोकसम्मको १० किलोमिटर सडकको काम शुरु भएको गाउँपालिका अध्यक्ष ओझा बताउँछन् । गाँउपालिकासँग जोडिने विभिन्न कनेक्टिङ सडकलाई समेत प्राथमिकतामा राखेर काम भईरहेको उनको भनाई थियो । कनेक्टिङ रोड ५.२ किलोमिटर सडकलाई अमेरिकन प्रविधिको अस्फाल्ट प्रविधिबाट पीच गरिएको छ । साना सडकलाई ढलान गरिएको छ । ‘सडकको नयाँ ट्रयाक खोल्ने भन्दा पनि पुराना ट्रयाकलाई स्तरोन्नति गर्ने प्राथमिकतामा राखेका छौं,’ अध्यक्ष ओझा सुनाँउछन् ।

गाँउपालिकामा वार्षिक ७ क्विन्टल कफी उत्पादन भएको तथ्यांक छ । २ हजार लिटरभन्दा बढी मह उत्पादन भएको छ ।

कास्कीकै तेस्रो ठूलो ताल रुपाको फेरोमा समेत सडक बन्ने छ । तर त्यो सडक केवल साईक्लिङ ट्रयाक बन्ने विश्वास छ । पूर्वाधारकै रुपमा बाँध विहीन रुपातालमा बाँध बाँध्ने काम समेत अगाडि बढाईएको छ । बाँधले तालको सहत बढाउने छ । सतह बढेसँगै अन्य विकास(विशेष गरी पर्यटन) हुने विश्वास गाँउपालिकाबासीको छ । खानेपानी–गाँउपालिको यो वर्षको अभियान खानेपानी हो । घर घरमा खानेपानीको पुर्याउने लक्ष्यका साथ गाँउपालिकाले काम गर्दै आएको छ ।

स्थानीय तह बन्नु अघि गाउँले खानेपानीको अभाव झेल्दै आएका थिए । केवल १०२ घर परिवार मात्रै खानेपानीको पहँुच भित्र थिए । तर अहिले ८० प्रतिशत घरमा धारा पुगेको छ । ‘एक घर एक धारा हाम्रो अभियान हो ।’ गाउँपालिका अध्यक्ष ओझाले थपे–‘यो वर्षलाई हामीले खानेपानीको वर्ष मनाउने निर्णयसँगै खानेपानीको पहुँच सबैमा पुर्याउने गरी काम गरेका छौं ।’

गाँउपालिकामा ४ हजार ५ सय घरपरिवार छन् । सबै घरपरिवारलाई खानेपानी पुर्याउन गाँउपालिकाकै बजेट खर्चिएको छ । केही ठुलो आयोजनालाई भने दातृ संस्थालाई पुकारिएको छ । अध्यक्षका अनुसार ६ करोड रुपैयाँको बजेट दातृ निकायसँग मागेर खानेपानी आपूर्तिको लागि योजना अघि सारिएको छ । गाँउपालिकामा विभिन्न ५४ वटा खानेपानी योजनाका कामहरु भईरहेका छन् । ‘आयोजनाहरु सबै अन्तिम चरणमा छन्’ उनी भन्छन–‘आयोजना सकिएपछि सबै गाँउलेको घरमा धारा जोडिने छ । खानेपानीको पहुँच पुग्ने छ ।’

नवराज ओझा

खानेपानीसँगै सिंचाईलाई समेत व्यवस्थापन गरिएको छ । बाँझो जमिनमा सिंचाईको सुविधा पुर्याई खेती गरिने लक्ष्य गाँउपालिकाको छ । ७ हजार रोपनी क्षेत्रफललाई सिंचाई सुविधा पुर्याईने छ । यसबाट उत्पादित कृषिजन्य उत्पादनलाई बजारीकरण गरेर रुपा गाँउपालिकालाई कृषिबाटै समृद्धि बनाउने सपना साकार हुने छ । सिंचाईको पहुँच पुगेपछि कृषिको पकेट क्षेत्र बनाउने लक्ष्य छ । पशुपालनलाई समेत विशेष प्राथमिकता राखेर काम गर्ने योजना गाँउपालिकाले बनाएको छ ।

सिंचाई सुविधा नहुदाँ वर्षे धान मात्रै उत्पादन हुन्थ्यो । अब गहुँ, आलु लगायत मौसमी तरकारीको उत्पादनमा ध्यान दिइएको छ । कृषिको लागि पकेट क्षेत्र बनाइएको छ । सहकारी मार्फत विरुवा एवं बीउ विजन उत्पादन गरिने छ । गाँउपालिकामा वार्षिक ७ क्विन्टल कफी उत्पादन भएको तथ्यांक छ । २ हजार लिटरभन्दा बढी मह उत्पादन भएको छ । ‘सहकारी मार्फत उत्पादन गरेर बजारीकरण गर्न सहजीकरण गरिने छ ।’ गाँउपालिका अध्यक्ष अधिकारीको भनाई थियो ।

शिक्षा र स्वास्थ्य–गाँउपालिकाले आफनो दायित्व र जिम्मेवारी पुरा गरेको छ । शिक्षा र स्वास्थ्यमा नयाँ आयाम ल्याउने गरी काम गरेको छ । २१ वटा विद्यालयको पक्की भवन गाँउपालिकामा बनिसकेको छ ।

गाँउमै कृषिको इञ्जिनियरिङ पढाई शुरु गरिएको छ । जुन अन्य गाँउपालिकामा भने छैन् । सिभिल इञ्जिनियरिङको पढाई समेत शुरु गरिएको छ । गाँउकै युवाहरुलाई रोजगारयुक्त शिक्षा दिई बेरोजगार मुक्त बनाउने अभियान गाँउपालिकाले बनाएको छ । विद्यालयस्तरीय पढाईलाई अझ गुणस्तरीय बनाउने योजना समेत अघि बढाइएको छ । गाँउपालिकाले ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम समेत छ । विद्यालयलाई प्रविधि मैत्री बनाईएको छ । आईटी नमूना विद्यालय गाउँपालिकाको योजना हो ।

पर्यटन विना आर्थिक विकास खासै प्रभावकारी देखिदैन् । रुपै फेर्ने रुपाताल देखि पोखराको बजार नै नियाल्न सकिने स्याकलुङकोट डाडाँ छ ।

गत चैतदेखि ११ गतेदेखि कोरोना कहरसँगै लकडाउन शुरु गरियो । लकडाउनसँगै कोरोना सम्बन्धी सचेतनाको कार्यक्रम सबैभन्दा पहिला रुपा गाँउपालिकाले नै गरेको थियो । सम्भावित जोखिमलाई ध्यानमा राखी आईसोलेसन तथा क्वारेन्टिन बनाइएको थियो । सबै घर घरमा औषधी पुर्याइएको छ । स्वास्थ्य चौकीको स्तरोन्नति गरिएको छ । स्वास्थ्य चौकीमा ल्याब व्यवस्थापन गरिएको छ ।

पर्यटन–पर्यटन आर्थिक विकासको मेरुदण्ड नै हो । पर्यटन विकास नै दिगो विकासको आधार पनि हो । पर्यटन विना आर्थिक विकास खासै प्रभावकारी देखिदैन् । रुपै फेर्ने रुपाताल देखि पोखराको बजार नै नियाल्न सकिने स्याकलुङकोट डाडाँ छ ।

स्याकलुङकोट पर्यटनको गन्तव्य हो । कोटबाट पोखरा र आसपासका बजारसँगै उत्तरी क्षेत्रको हिमाली दृष्य पुरै देखिन्छ । पार्क निर्माण गरिएको छ । भ्यु टावर छन् । बाल उद्यान छ । होम स्टे मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभिप्राय गाँउपालिकाको छ । पाहुनालाई गाँउमै बनाईएको ठेकी उपहार प्रदान गरेर बन पर्यटनलाई प्रोत्साहन गर्दै आएको छ । पर्यटनसँगै गाँउपालिकाले खेलकुद क्षेत्रमा समेत फड्को मार्ने संघारमा छ । एक निर्वाचन क्षेत्र एक खेलमैदानसँगै एक वडा एक मैदानको नीतिलाई कार्यान्वयनमा लैजान खेल मैदानको पूर्वाधार समेत बनाउने तयारी गाँउपालिकाको छ ।