वैकल्पिक संयुक्त सरकार बनाऔं : विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफल संसदीय व्यवस्थाबाट जनअपेक्षित निकास ननिस्कने बताएका छन् ।

२६ औं जनयुद्ध दिवसको शुभकामना दिँदै उनले भनेका छन्, ‘यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ,’ वक्तव्यमा भनिएको छ, ‘जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पुँजीवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ ।’

हालै निर्माण भएको ४ दलको मोर्चाले वैकल्पिक सरकारको काम गर्न सक्ने उनले बताएका छन् ।