५ घन्टापछि झाक्री रिहा

- ओलीको पतन निश्चित छ : झाक्री

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन्।

पाँच घन्टा हिरासतमा बसेर रिहाइ भएपछि उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिइएको दाबी गरिन् । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको एसएसपी दीपक थापाले बताए ।

रिहाइपछि झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिइन् । ‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्‍यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो , ‘उनले भनिन् ,’यहाँ अरु केही भएन, दिनभरी सबैले दिनुभएको सहयोग र बढाउनुभएको दबाबका अगाडि प्रतिगमन झुकेको छ, हामीले जितेका छौँ, म यहाँबाट विनाशर्त निस्केको छु ।’

प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उनकै निवासबाट आज दिउँसो नियन्त्रणमा लिएको थियो ।