विद्रोही नेकपामाथि प्रतिबन्ध हट्यो, भोलिसम्म हिरासतका नेता, कार्यकता छाडिने

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार साँझको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध हटाउँदै देशभर हिरासतमा रहेका विप्लवका नेता, कार्यकर्ता रिहा गर्न सर्कुलर जारी गरेको एक मन्त्रीले जानकारी दिए ।

गृह मन्त्रालयले बुधवार साँझ सबै प्रमुख जिल्ला अधिकारीलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ कार्यकर्ता प्रहरीको हिरासतमा छन् ।

पुर्पक्षका लागि रहेकाहरुको सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको छ ।