सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको थियो । त्यही तीन बुँदे सहमतिपत्रमा प्रधानमन्त्री ओली र विप्लवको उपस्थितिमा वार्ता टोलीका सदस्यहरूले औपचारिक रुपमा हस्ताक्षर गरेका हुन् ।

सरकारसँग सहमति भएपछि विप्लव शुक्रबार बिहान नवलपरासीबाट सार्वजनिक भएर दिउँसो काठमाडौं आइपुगेका थिए । बालुवाटार पुगेर उनी प्रधानमन्त्री ओलीकै गाडीमा सभागृह आएका हुन् ।

यस्ता छन् सहमति

१) दुबै पक्ष नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्या  वार्ताबाट समाधान गर्न सहमत भएका छौँ 
२ नेकपाले आफ्ना सबै गतिविधि शान्तिपूर्वक गर्ने सहमति 
३) नेपाल सरकारले नेकपामाथि प्रतिबन्ध फुकाउ गर्ने, कारागारमा रहेकाहरुलाई छुट गर्ने र सबै आरोपहरु खारेज गर्ने