प्रचण्ड नेपाल पक्षलाई ओली समूहको संसदीय दलको बैठकको निम्तो

नेकपा ओली समूहले २२ गते संसदीय दलको बैठक बोलाएको छ । दिउँसो ३ बजे संसदीय दलको बैठकमा नेकपाका सबै १ सय ७३ सांसदलाई बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

एसएमएसमार्फत सबै सांसदलाई सूचना पठाइएको छ । नेकपाका ८७ सांसद प्रचण्ड नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूहमा खुलेका छन् ।