
नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले कास्कीमा समानान्तर कमिटी निर्माण गरेको छ ।
नेपालकै उपस्थितिमा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले गण्डकी प्रदेशमा पहिलो पटक कास्कीमा समानन्तर कमिटी बनाएको हो ।
७५ सदस्यीय कमिटीको अध्यक्षमा धनराज आर्याय र सचिवमा होमबहादुर नेपाली छन् । एमाले संस्थापन पक्षतिर कास्की अध्यक्षमा कृष्ण थापा छन् ।
समानान्तर कमिटी अध्यक्ष आचार्य पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।